काँचो माटो मूर्ति कसरी भयो सोच्देउन तिमी ले
गन्तब्य कहाँ छ खोज्ने सहास गर्देउन तिमीले
हिंड्दै पो थियौ कहाँ अल्झी लडेउ विचारन तिमिले
फुल टिपु भन्दा किन होला घोच्यो है काडाले
परिक्षा हो जीवन पुग्नुछ टाढा खोइ बूझेको तिमीले
नसोच सक्दिनँ हिँड्न थाके समाजको कर र डरले
कहलियौ सम्पूर्ण जगतमा, सृष्टिकर्ताको नामैले
फेरी किन होला खुट्टा कमाउने बिग्रेका कामैले
उकाली ओराली यस्तै छ रित धैर्यता नगुमाउ तिमीले
आदिशक्ति , सृष्टि रचयिता के के पो उपनाम दिएउ तिमिले
फेरी पुज्ने र लुट्ने त्यै एउटै नारी खै बुझेको तिमिले
आज विश्व हाक्दै छन् धैर्यवान् र कर्मठ जुझारु नारीले
नेपाली हामी अझै रनभुल्ल घोच्ने र पेच्ने त्यो तीतो बानीले
घरघरमै विवाद बोकेर आइमाइको चोला झग्डालु नारीले
(लेखक सहनशीलाले एनआरएनए चीनकाे महिला संयोजक हुन् ।)
प्रतिक्रिया दिनुहोस्






















