images
images
  • ‘सेना दिवस’ महाशिवरात्रीकै दिन हुनु संयोग मात्र होइन अर्थपूर्ण पनि छ

    काठमाडौं- महाशिवरात्री तथा दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन विश्वसामु नेपालको गौरवमय इतिहास रचेको नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सब एवम सैनिक दिवसको सम्पुर्ण नेपाली हरुमा हार्दिक शुभकामना ।

    नेपाली सेनाको ‘सेना दिवस’ शिवरात्रिकै दिन हुनु संयोग मात्र होइन, यो अर्थपूर्ण पनि छ ।

    ‘शिव’ चेतनाको प्रतीक हुन् र शक्तिपनि हुन् । यति मात्र होइन शिव इश्वर हुन र इश्वर भनेको सत्य हो । शिवमा ध्यान अवस्थामा स्थिर रहने र परेको बेला ध्वंस गर्न सक्ने दुवै गुण छन् । ‘शिवरात्रीमा सैनिक दिवस मनाउनु सत्य र चेतना शक्तिलाई आत्मसात गर्नु हो ।’

    इतिहास हेर्ने हो भने स्थापनाकालदेखि नै नेपाली सेनालाई धर्म, संस्कार र रक्षाका रुपमा लिइन्छ । यति मात्र होईन नेपाली सेनाको लोगोमा रहेको हरियो षठकोणभित्रको डमरु र त्रिशूलको समायोजनको समेत धार्मिक र दार्शनिक अर्थ छ । लोगोमा उल्लेखित डमरू त्रीशुलको चित्रहरुले शिवलाई संकेत गर्छन् । जुन हिन्दु दर्शन अनुसार सृष्टिकर्ता, संरक्षणकर्ता र संहारकर्ता हुन् ।

    थ्वीनारायण शाहले स्थापना गरेको सैनिक सङ्गठन इतिहासको विभिन्न कालखण्डदेखि नै नेपाली सेनाका अधिकांश कम्पनी,गण ,गुल्महरु देवीदेवताका नाममा छन् । नेपाली सेनाको देवि देवता सङ्ग पुरानो र गहिरो सम्बन्ध रहेको छ । नेपाली सेनाले आ आफ्नो पल्टनमा हरेक देवि देवताको निशान पुजा पाठ गर्दै आएको पाइन्छ ।

    गुरु गोरखनाथको आशीर्वाद पाएर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सफल भएका थिए भन्ने किम्बदन्ती रहेको छ । गुरु गोरखनाथ साक्षात शिव स्वरुप हुनुहुन्छ । आफ्नो शक्ति स्वरुप अस्त्र त्रीशुलले बैरी शत्रु र राक्षस हरुको नरसंहार गर्ने शिवजीको डमरु त्रिशूल नेपाली सेनाको लोगो समेत रहेको छ ।

    यो नेपाल समग्रमा भगवान् शिवको देश हो ।हिमवत खण्ड हो देवगुरु नरहरी नाथ योगी ज्युको भाषामा कैलाश प्रथमस् यहि कैलाश हिमाल नै भगवान् शिवको बासस्थान हो ।यहि नेपालको हिमाल यहि नेपालको स्लेसमान बन यहि नेपालको पहाड हरु भगवान् शिवका कृडाभुमि हुन । यहि नेपालका पर्बत हरु माता पार्बतिका कृडा भुमि हुन । जहा शिवको पुजा हुन्छ त्यहा शक्तिको पुजा अनिवार्य छ , जहा शक्तिको पुजा हुन्छ त्यहा शिवको पुजा अनिवार्य हुन्छ । यो नेपाल शिवको भुमि भएको हुदा नेपालको योग परम्परा मुल शिव जि , तन्त्र मन्त्र परम्पराको मुल शिव जि, आदि वाशि आदि सस्कृतिको मुल शिव जि , प्रकृति पुजाको मुल शिव जि , बैदिक परम्पराको मुल शिव जि हुन । सिङ्गो नेपाल शिवभुमि हो । नेपाल मात्र नभएर बिश्वमा जहा जहा अग्निको पुजा हुन्छ , धुनिको पुजा हुन्छ त्यहा त्यहा भगवान् शिवको सन्देश फैलिएको छ ।जहा जहा नागको पुजा हुन्छ त्यहा त्यहा शिवको बिचार फैलिएको छ , जहा जहा जल, पानी, समुद्रको पुजा हुन्छ त्यहा त्यहा शिवजि पुगेका छन । जहा जहा पथ्थरको पुजा हुन्छ त्यहा त्यहा शिवजि पुगेका छन ।

    सन्सारमा सबभन्दा पहिले प्रकृतिको पुजा गर्न भगवान् शिवले सिकाए । भगवान् शिव प्रकृतिका देवता पनि हुन तेसैले शिवले भष्म लगाउनु भयो पृथिवी , गङ्गा धारण गर्नु भयो जल , तेस्रो नेत्र ग्यानको आखा तेज सुर्य , डमरु बजाउनु भयो बायु र भगवान् शिव अग्नि , जल, तेज , बायु, र अन्त्यमा आकाश भगवान शिव आफैमा आकाश स्वरुप हुनुहुन्छ, आकाश रुप हुनुहुन्छ ।

    आकाश सरिरम ब्रह्मस् ब्रह्म रुप भनेकै शिव हुन । देवादि देब महादेब,  त्यसैले सिहहरुले, सुर हरुले  असुर हरुले, देब हरुले , गन्दर्भ , किन्नर भुत, प्रेत पिचास हरुले सबैले मात्र शिवको गान गरे शिवको जय, जय कार पुकारे

    वर्षमा ४ वटा रात्रि हुन्छन ।
    १. काल रात्रि – दशैको बेलामा
    २.सुख रात्रि- लक्ष्मि पुजाको बेलामा
    ३. मोह रात्रि – श्रीकृष्ण जर्माष्ठमीको बेलामा
    ४. ग्यान रात्रि – शिवरात्रि ,अर्थात धुनी जगाउने ।

    आजको दिन हिन्दु धर्मावलम्बी हरुले भगवानको शिवको तिर्थस्थलमा गएए देवका देव महादेवको पुजा आरधना गरि सिवरात्री भब्यताका साथ मनाउने गरिन्छ ।

    नेपाली सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर सेना दिवस मनाउन शुरु गरेको हो ।

    सत्य र चेतना शक्तिलाई आत्मसाथ गर्ने दिन महांशिवरात्री तथा सेना दिवसको अवसरमा संसारभरी छरिएर बस्नु भएका सम्पुर्ण गोर्खाली दाजुभाई तथा दिदिबहिनी हरुलाई हार्दिक मङ्गलमय शुभकामना ।

    नेपाल रक्षार्थ सम्भवामी युगे युगे
    जय गुरु गोरखनाथ
    राम नाथ योगी

    प्रतिक्रिया दिनुहोस्
    images
    images