images
images
  • पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार (भिडीयो)

    काठमाडौं- पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मङ्गलवार पन्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए ।

    जियो न्युजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पन्जाब विधानसभाबाट बाहिरिँदै थिए।

    यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए।

    यसअघि मङ्गलवार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पन्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो। पन्जाबमा पाकिस्तान तहरीक(ए(इन्साफ (पिटिआइ)को सरकार छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images