काठमाडौं- एक विद्वत समुहले राष्ट्राध्यक्ष वा राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाउन आग्रह गरेका छन् । समुहले सामुहिक आह्वान गर्दै संविधानअनुसार नयाँ राष्ट्रपति चुन्न आग्रह गर्दै यसमा किचलो नगर्न आग्रह गरेका हुन् ।
‘बहाल रहेको संविधान र यसको कपटपूर्ण प्रयोगले नेपाल र नेपालीको हित अनुकूल काम गर्न सकेको नदेखिएकाले २०७२ को संविधानको भविष्य अनिश्चित देखिन्छ । तैपनि संविधानले दिएको मौका प्रयोग गरी कस्ता व्यक्ति राष्ट्राध्यक्ष पदमा आसीन हुनुपर्दछ भन्ने आवाज उठाउन छोड्न हुँदैन भन्ने हाम्रो धारणा छ । हाम्रो दृष्टिकोणमा मुलुकको सुदूर भविष्यलाई ध्यानमा राखी काम गर्न सक्ने र राष्ट्रहितलाई भन्दा केवल राजनीतिक दृष्टिकोणलाई प्राथमिकतामा राखेर सरकारद्वारा निर्धारण गरिने नीति एवं कार्य विरुद्ध आम नागरिकलाई सजगतासाथ सतर्क गराउन सक्ने अभिभावकको भूमिका निर्वाह गर्न सक्षम व्यक्ति राष्ट्रपति हुनु पर्दछ । साथै मुलुकको सर्वोच्च संवैधानिक पद धारण गरेको व्यक्ति राजनीतिक दल विशेषको स्वार्थ संवर्धन गर्ने कार्यमा संलग्न हुन र बाह्य प्रभावमा पर्नु हुँदैन भन्ने पनि ठान्दछौं । राष्ट्रपति पदको महत्व र यसले निर्वाह गर्न सक्ने भूमिका बुझेर नै होला काठमाडौंस्थित विदेशी नियोगहरूले आगामी राष्ट्रपतिको उम्मेद्वार को हुँदैछन् भनेर चासो लिन थालेको देखिएको छ ।’ यसअघिका राष्ट्रपतिहरू चुपनएको प्रक्रिया र भुमिकालाई व्याख्या गर्दै उआह्वानमा उल्लेख छ, ‘उल्लिखित परिवेशमा राजनीतिक दलहरू र हाल चर्चामा ल्याइएका पात्रहरूजस्ता बाट नभई समाजमा प्रतिष्ठा प्राप्त इमान्दार, निष्कलङ्क छवि भएका, नेपालको अन्तर्राष्ट्रिय सम्मान र प्रतिष्ठाको अभिवृद्धि गराउने क्षमता आर्जेका बौद्धिक वा प्राज्ञिक क्षेत्रबाट आगामी राष्ट्रपति निर्वाचित गरिनु पर्दछ भन्ने हाम्रो धारणा छ । यसको लागि राष्ट्रपति हुन लायक व्यक्तिको खोजी राजनीतिक आग्रह एवं पूर्वाग्रहभन्दा माथि उठी वस्तुनिष्ठ तवरले गरियोस् भन्ने आग्रह राजनीतिक नेतृत्व समक्ष गर्दछौं ।’
उक्त अपील गर्नेहरूमा आतिश कार्की, अधिवक्ता, आदित्यमान श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी, उद्धवप्रसाद ढुङ्गाना, सामाजिक अभियन्ता, उपमा कार्की, दन्त चिकित्सक तथा सामाजिक अभियन्ता, कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता, डा. केशवचन्द्र शर्मा, सामाजिक अभियन्ता एवं किट विज्ञ, सहायक रथी डा. केशरबहादुर भण्डारी, अवकास प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी महानिरीक्षक, किशोर लामा, अवकास प्राप्त सशस्त्र प्रहरी बल, नेपाल, डा. गौरी शंकरलाल दास, वरिष्ठ चिकित्सक, डा. जगतकुमार भुसाल, नदी विज्ञान विज्ञ, प्राध्यापक डा. जर्नादन सुवेदी, मायामी युनिभर्सिटी योहायो, संयुक्त राज्य अमेरिका,जयप्रकाश भुसाल, सामाजिक अभियन्ता, जानकी पाण्डे, अधिवक्ता, जीवराम भण्डारी, वरिष्ठ सञ्चारकर्मी, ठमनाथ घिमिरे, सञ्चारकर्मी, तृप्ति घिमिरे, अधिवक्ता, डा. तिलकबहादुर श्रेष्ठ, सामाजिक अभियन्ता, देवीराम शर्मा, पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभागस द्वारिकानाथ ढुङ्गेल, सामाजिक अभियन्ता, ध्रुवहरी अधिकारी, वरिष्ठ सञ्चारकर्मी, नारायणराज तिवारी, पूर्व सचिव, तत्कालीन श्री ५ को सरकार, प्रधान सेनापति, महारथी प्यारजङ्ग थापा अवकास प्राप्त नेपाली सेना, पुष्पप्रसाद लुइँटेल, सामाजिक अभियन्ता, महानिरीक्षक, प्रकाश अर्याल, अवकास प्राप्त नेपाल प्रहरी, बलराम सापकोटा, सामाजिक अभियन्ता, भरतबहादुर थापा, पूर्व अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेशलन नेपाल, सहायक रथी तथा पूर्व राजदूत, भरतबहादुर रायमाझी, अवकास प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, अवकास प्राप्त सशस्त्र प्रहरी बल, नेपाल, राज थापा, सामाजिक अभियन्ता, विदुरप्रसाद मैनाली, पूर्व उपमेयर काठमाडौं महानगरपालिका, श्यामप्रसाद अधिकारी, पूर्व सचिव, तत्कालीन श्री ५ को सरकार, सुकदेवभट्टराई खत्री, पूर्व निमित्त महालेखा परीक्षक, महालेखा परीक्षकको विभाग, प्रा. डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता र प्राध्यापक सुरेशराज चालिसे, जलवायु परिवर्तन विषयविज्ञ तथा सामाजिक अभियन्ता रहेका छन् ।






















