images
images
  • इलाम १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाल २ हजार ९ सय ५७ मतले पराजित

    काठमाडाैं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामको प्रतिनिधिसभा क्षेत्र १ बाट पराजित भएका छन्।

    भर्खरै सम्पन्न मतगणनामा नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेतले खनाललाई २ हजार ९ सय ५७ मतले पराजित गरेका हुन्।

    एक लाख नौ हजार ५३५ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १३६ जनाले मतदान गरेका थिए। अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ।

    खनाल यसअघि एमालेबाट २०४८‚ २०५१, २०६४‚ २०७० र २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०५६ सालमा भने नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images