images
images
  • बागलुङ क्षेत्र नम्बर–२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

    बागलुङ  – बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएका छन् ।

    वि सं २०७४ मा २८ हजार आठ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार सात सय ७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेका छन् । ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images