images
images
  • अध्यक्ष प्रचण्ड र नवनियुक्त राजदूत डिन आर.थम्पसन विच भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर। थम्पसनले भेटेका छन् ।

    अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान थम्पसनले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए ।

    राजदूत आर।थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताएका छन् । उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images