images
images
  • केपी ओलीले झापा-५ बाट मनोनयन दर्ता

    दमक– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

    ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा( ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा-५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीबाट पराजित भएका थिए ।

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली २०४८, २०५१ को मध्यावधि र २०५६ मा झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । २०७० सालमा झापा ७ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २ पटक प्रधानमन्त्री भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images