images
images
  • सत्ता गठबन्धनले समर्थनमा घनश्याम भूसाल रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिने

    बुटवल-एमाले परित्याग गरेरका वामपन्थी नेता घनश्याम भूसालले रुपन्देही-१ बाट सत्तागठबन्धनको समर्थनमा स्तवन्त्र उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई आफ्नै पार्टीबाट उठ्नका लागि शनिबार प्रस्ताव गरेका थिए ।

    नेता भूसालले आफू कुनै पनि पार्टीमा नजाने भनेपछि दाहालले उक्त क्षेत्रमा आफ्नो दलको कुनै उम्मेदवारी नरहने प्रतिबद्धता जनाएको नेता भूसालले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए । देउवापनि यसमा सकारात्मक भएर समर्थन जनाएका छन् ।

    नेता भूसालले आफू कुनै पनि पार्टीमा अब प्रवेश नगर्ने र वाम आन्दोलनलाई एकता गर्ने अभियानमा खटिने जानकारी दिए । उनले दक्षिय एसियाको राम्रो कम्युनिस्ट पार्टीको रुपमा रहेको एमालेलाई नेतृत्वले कब्जा गरेको बताए ।उनले आफ्नो कुनै पनि गतिविधि एमालेविरुद्ध लक्षित नहुने बरु सबै कम्युनिस्टलाई एकताबद्ध बनाउनेमा मात्र केन्द्रित हुने बताए ।

    रुपन्देही-१ भूसाललाई छाडेर ओनसरी घर्तीलाई ल्यायो काठमाडौं-२ मा
    माओवादी केन्द्रले काठमाडौं-२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए ।

    रोल्पाकी घर्तीलाई माओवादीले काठमाडौंबाट उठाउने निर्णय गरेको हो । रुपन्देही-१ मा घनश्याम भूसालालाई छोड्ने भएपछि घर्तीलाई काठमाडौंबाट उठाइने भएको हो । मा‌ओवादी अध्यक्ष दाहालले शनिबार भूसालालाई समर्थन गर्ने भएपछि पूर्व सभामुख घर्तीलाई काठमाडौं-२ मा आउन आग्रह गरेका थिए । काठमाडौं-२ मा धेरै इच्छा नगरेपछि आइतबार बिहान पनि दाहालले घर्तीलाई आग्रह गरेपछि उनी काठमाडौंका लागि तयार भएकी हुन् । पार्टीको लुम्बिनि प्रदेश अध्यक्ष समेत भएर काम गरेकाले रुपन्देही-१ घर्तीले सहज ठानेकी थिइन् । तर पार्टीले भनेपछि उनी काठमाडौं आउन तयार भएकी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images