images
images
  • कांग्रेसले नवलपरासी १ मा उद्योगपति विनोद चौधरी चुनाव लड्ने

    नवलपरासी-उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।

    यसअघि समानुपातिकबाट सांसद बनेका चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् । यो क्षेत्रमा जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिने तयारी छ । ०७४ मा एमालेको समर्थनमा चुनाव जितेका त्रिपाठी यसपटक पनि एमालेको समर्थन लिने प्रयासमा छन् ।

    नेपालका एकमात्रै अर्वपति चौधरी र पाँच पटकसम्म चुनाव लड्दै आएका त्रिपाठीबीचको भीडन्त रोचक बन्ने देखिएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा त्रिपाठीलाई कांग्रेसका सन्तु कलवारले पराजित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images