images
images
  • दोलखा ‘ख’ मा अजयबाबु शिवाकोटीको टिकट खोसेर बर्मा लामालाई दिएपछि…

    दोलखा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको प्रदेश सभा तर्फको टिकट खोसिएको छ । दोलखा ‘ख’ बाट उम्मेदवार हुने भनि निश्चित गरिएका शिवाकोटीलाई टिकट नदिएर जिल्ला सभापति बर्मा लामालाई उम्मेदवार बनाइएको छ ।

    दोलखामा प्रतिनिधि सभाको उम्मेदवार माओवादी केन्द्रलाई छुट्याइएको थियो ।प्रतिनिधिसभामा माओवादीले गंगा कार्कीलाई उम्मेदवार बनाएको छ ।

    प्रदेश सभातर्फ दुबै क्षेत्र कांग्रेसको भागमा परेको छ ।प्रदेश तर्फ ‘क’ मा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले टिकट पाएका छन् । कांग्रेसका एक नेताका अनुसार शिवाकोटी र काफ्लेले टिकट पाउने र आफूले नपाउने पक्का भएपछि धुलिखेल पुगेका लामालाई फिर्ता बोलाएर टिकट दिइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images