काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनविरुद्धको युद्धमा खटाउन थप ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउने तयारी गरेको दाबी गरेका छन् ।
उनका अनुसार रूसले ती सैनिकलाई स्वागत गर्न भोरोनेझ क्षेत्रमा जुन महिनादेखि तयारी गरिरहेको छ ।
जेलेन्स्कीले उत्तर कोरियाले रूसलाई ब्यालिस्टिक मिसाइलका नयाँ लन्चरसमेत उपलब्ध गराउने तयारी गरिरहेको दाबी गर्दै यसले युक्रेन मात्र होइन, एसियाली देशहरूको सुरक्षामा पनि खतरा बढाउने बताएका छन् ।
यसअघि सन् २०२४ मा कुर्स्क क्षेत्रमा युक्रेनी सेनालाई धपाउन उत्तर कोरियाले करिब १४ हजार सैनिक रूस पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















