काठमाडौं– पूर्व ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
घिसिङले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै हेटौंडा कपडा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
उनले उद्योगलाई दीर्घकालीन रूपमा निरन्तर र प्रभावकारी ढंगले सञ्चालन गर्न निजी क्षेत्रलाई समेत साझेदारीमा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद । कपडा उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिओस् । साथै उद्योगलाई दीर्घकालीन रूपमा निरन्तर इफिसियन्टली चलाउन निजी क्षेत्रलाई साझेदारीमा ल्याउन जरुरी छ । यसतर्फ पनि सरकारले ध्यान दिओस्,’ घिसिङले भनेका छन् ।
घिसिङको यो धारणाले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनसँगै यसको दीर्घकालीन दिगोपन, कच्चा पदार्थको स्वदेशी उत्पादन र निजी क्षेत्रको सहभागितालाई समेत बहसको विषय बनाएको छ ।



विश्व खबर 




















