images
images
  • नेपालीले पाँच महिनामै विदेश लगे ४७ अर्ब रुपैँया

    काठमाडौँ : हरेक दिन करिब ९३ जना नेपाली डिपेन्डेन्ट भिसामा विदेश पलायन हुने गरेका छन्। अध्यागमन विभागले दिएको जानकारीअनुसार सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्ममा ३३ हजार ९०९ जना नेपालीहरू डिपेन्डेन्ट भिसामा विदेश पलायन भएका हुन्। तीमध्ये १२ हजार ११४ जना पुरूष र २१ हजार ७९४ जना महिला रहेका छन्।

    त्यस्तै पारिवारिक भेटघाट भन्दै १ लाख ३१ हजार ७९६ जना विदेश पुगेका छन्। जसमा ५४ हजार ५३१ जना पुरूष र ७७ हजार २५६ जना महिला रहेका छन्।

    अस्थायी रूपमा ५६ हजार २८१ जना पुरूष र ४४ हजार ५३६ जना महिला गरि १ लाख ८२७ जना विदेश गएका हुन्। त्यसैगरी घुम्न भन्दै १ लाख ५९ हजार ४३ जना पुरूष र १ लाख १५ हजार ३५६ जना महिला गरी २ लाख ७४ हजार ४२८ जना विदेश गएका हुन्।

    विभागको तथ्यांकअनुसार स्थायी रूपमा ३४ हजार ५४४ जना पुरूष र ३२ हजार २८७ जना महिला विदेश पुगेका छन्।

    वैदेशिक रोजगारीका लागि मात्र ११ लाख ९४ हजार ९ जना विदेशिएका हुन्। जसमा ७ लाख ६९ हजार ८९० जना पुरूष र ९६ हजार १९७ जना महिला रहेका छन्। व्यापारिक प्रयोजनका लागि १७ हजार ४०५ जना पुरूष र २ हजार ६९५ जना महिला विदेश गएका छन्।

    त्यस्तै पढ्न भन्दै ६४ हजार ३३५ जना पुरूष र ५५ हजार ६८ जना महिला गरि १ लाख १९ हजार ४०९ जना विदेश पुगेका हुन्।

    त्यसैगरी सेमिनार तालिमका नाममा २४ हजार २२६ जना विदेश पुगेका हुन्। जसमा १७ हजार १६६ जना पुरूष र ७ हजार ८९ जना महिला रहेका छन्। यस्तै स्वास्थ्य उपचारका लागि १० हजार १०१ जनापुरूष र ८ हजार ३६४ जना महिला विदेश गएका हुन्।

    अफिसियल भिजिटका लागि १० हजार १०१ जनापुरूष र ३ हजार १९१ जना महिला विदेश गएका थिए।

    सांस्कृतिक कार्यक्रमका लागि ३ हजार ७०५ पुरुष र १ हजार ९९७ जनामहिला गरी ५ हजार ७०३ जना विदेश गएका हुन्।

    युएन भिसामा ५ हजार ५७ हजार पुरूष र ७९० जना महिला विदेश गएका थिए भने खेलकुदका लागि २ हजार ४३ जना​ पुरूष र ६३७ महिला गरी २ हजार ६८० जना विदेश गएको विभागले जनाएको छ।

    देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरू सञ्चालनमा रहे पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा रहेको देखिएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालू आवको ५ महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन्।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपैयाँ थियो।

    गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको थियो।

    सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस्