काठमाडौं– यमनका हुथी विद्रोहीले साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको साउदी आरामको तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् ।
साउदी अरबले रिफाइनरीमा लागेको आगो नियन्त्रणमा आएको जानकारी दिएपछि हुथी समूहले आक्रमणको जिम्मेवारी लिएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले यमनमा साउदी ड्रोन घुसपैठको जवाफस्वरूप कारबाही गरिएको बताएका छन् ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार आगलागी रिफाइनरीको एक भागमा भएको थियो र घटनामा कुनै मानवीय क्षति भएको छैन ।
आगलागीको कारण भने खुलाइएको छैन ।
यसअघि पनि हुथी समूहले यही रिफाइनरीलाई लक्षित गरेको दाबी गरेको थियो ।
लालसागर क्षेत्रमा जहाज आवतजावत र साउदी तेल पूर्वाधारमाथि बढ्दो जोखिमले मध्यपूर्वमा क्षेत्रीय तनाव थप चर्किएको मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















