images
images
  • एनसेलले विदेशी कर्मचारीको तलब विदेश पठाउन अनुमति नपाएको स्वीकारोक्ति, अब के हुन्छ ?

    काठमाडौं– एनसेल आजियाटाले टिएमएसए (प्रविधि व्यवस्थापन सेवा सम्झौता) अन्तर्गत कार्यरत विदेशी कर्मचारीको तलब तथा सेवा सुविधाबापतको रकम विदेश पठाउन उद्योग विभागको अनुमति नपाएको स्वीकार गरेको छ ।

    कम्पनीले विज्ञप्ति जारी गर्दै अनुमति नहुँदा रकम विदेश नपठाई ‘प्रोभिजनिङ’ गरेर छुट्टै राखिएको जनाएको हो ।

    कम्पनीका अनुसार डिसेम्बर २०२३ देखि उद्योग विभागले उक्त सम्झौताअनुसारका कर्मचारीको तलब विदेश लैजान स्वीकृति दिएको छैन ।

    एनसेलकी कर्पोरेट कम्युनिकेसन डाइरेक्टर विशाखा लक्ष्मी खड्काले कम्पनीले नेपालका कानुन र नियमअनुसार काम गरेको दाबी गर्दै नियामकीय निर्णय आएपछि मात्र उक्त रकम सम्बन्धित निर्देशनअनुसार प्रयोग गरिने बताएकी छन् ।

    यता, एनसेल कर्मचारी युनियनले स्वीकृति नभएको टिएमएसएअन्तर्गतको रकम वित्तीय प्रतिवेदनमा प्रशासनिक खर्चका रूपमा देखाइएको विषयमा प्रश्न उठाएको छ ।

    कर परीक्षणका क्रममा यस्तो खर्च अस्वीकृत हुन सक्ने र थप कर तथा नियामकीय जोखिम उत्पन्न हुन सक्ने युनियनको चेतावनी छ ।

    यसैबीच सर्वोच्च अदालतले एनसेलले महत्त्वपूर्ण तथ्य पूर्ण रूपमा खुलासा नगरेको ठहर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई कम्पनीमाथि प्रभावकारी नियमन गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images