images
images
  • सांग्रिला डेभलपमेन्ट बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह

    काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ ।

    बैंकले विगतका साधारणसभाबाट पारित लाभांशमध्ये गत आर्थिक वर्षसम्म पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नबुझेको नगद लाभांश बाँकी रहेको जनाएको छ ।

    बाँकी लाभांश लिनका लागि शेयरधनीलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरिएको छ ।

    बैंकले समयमै लाभांश नबुझिए प्रचलित कानूनअनुसार त्यस्तो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images