images
images
  • सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

    काठमाडौं– नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको थियो।

    चाँदीको मूल्य पनि आइतबार वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले बढी हो।

    अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images