images
images
  • अदुवाले इलामका किसानको आम्दानी बढायो, खेतीतर्फ आकर्षण

    काठमाडौं– इलामको माङसेबुङ गाउँपालिकामा अदुवाखेती किसानका लागि आकर्षक आम्दानीको मुख्य आधार बनेको छ। माङसेबुङ–२ का किसान देशराज लिम्बूले गत वर्ष ९० मन अदुवा उत्पादन गरी रु ३ लाख १५ हजार आम्दानी गर्नुभएको छ। यस वर्ष उहाँले उत्पादन बढाएर पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ।

    अर्का किसान राजकुमार राईले गत वर्ष ५० मन अदुवा बिक्री गरी रु २ लाखभन्दा बढी आम्दानी गर्नुभएको थियो। उहाँले पनि यस वर्ष खेती विस्तार गर्नुभएको छ।

    कृषि ज्ञान केन्द्र इलामका अनुसार अदुवाको मूल्य बढेसँगै किसान धान र अन्य बाली छाडेर व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित भएका छन्। अहिले माउ अदुवा प्रतिमन रु ७ हजारसम्म बिक्री भइरहेको छ।

    इलाममा हाल ३ हजार २२१ हेक्टर क्षेत्रमा अदुवाखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको केन्द्रले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images