images
images
  • मुस्लिम देशलाई एकजुट हुन इरानको आह्वान

    काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अराघचीले मुस्लिम तथा खाडी देशहरूलाई बाह्य चुनौतीको सामना गर्न एकजुट हुन आह्वान गरेका छन् ।

    सामाजिक सञ्जाल एक्समा उनले इरानको सेनाले आफ्नो तयारी, क्षमता र शक्ति प्रदर्शन गरिरहेको उल्लेख गर्दै मुसलमानहरू एकजुट भए बाहिरी चुनौतीको डटेर सामना गर्न सकिने बताएका छन् ।

    इरानी राष्ट्रपति मसूद पेजेश्कियानले पनि अमेरिका र युरोपसँग वार्ता जारी राख्न इरान तयार रहेको तर राष्ट्रिय सार्वभौमसत्ता र रक्षा क्षमतालाई कमजोर पार्ने कुनै माग स्वीकार नगर्ने स्पष्ट पारे ।

    उनले छिमेकी देशसँग राम्रो सम्बन्ध र क्षेत्रीय एकताको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images