काठमाडौं– इजरायली सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबी गरेका छन् ।
च्यानल १४ र जेरुसेलम पोस्टले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै उनलाई अस्पताल लगिएको र शासनको उच्च तहमा स्वास्थ्यबारे व्यापक अड्कलबाजी फैलिएको उल्लेख गरेका हुन् ।
उसले उप्रान्त उनी जीवित भेटिने सम्भावना कम रहेको बताएको छ ।
रिपोर्टहरूका अनुसार खामेनी सन् २०२६ मा सर्वोच्च नेता बनेपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् र प्रशासनिक काम लिखित वक्तव्यमार्फत सञ्चालन गर्दै आएका छन् ।
केही पश्चिमी तथा विपक्षी स्रोतहरूले उनी पूर्व सैन्य आक्रमणमा घाइते भएको दाबी गरेका छन् ।
यद्यपि, इरानी अधिकारीहरूले यी दाबीहरूको खण्डन गर्दै खामेनी सक्रिय रूपमा देशको रणनीतिक निर्देशनमा संलग्न रहेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले पनि उनका चोटहरू गम्भीर नभएको दाबी गरेका छन् ।
हालसम्म खामेनीको स्वास्थ्य अवस्थाबारे स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।


विश्व खबर 




















