images
images
  • पेट्रोलियम पदार्थ चोरीको आरोपमा ट्याङ्करसहित छ जना पक्राउ

    काठमाडौं– नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गरेको आरोपमा ट्याङ्करसहित छ जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट तेल चोरी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ का सुनैन मियाँ, वडा नम्बर १५ का असलम हवारी, वडा नम्बर ११ का रफिक मियाँ तथा हेटौँडा उपमहानगरपालिका–१० का केशर राम सुनार, वडा नम्बर १४ का मन्दसिंह लामा र उमेश राना मगर रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लका अनुसार इन्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाई इन्धन डिपो काठमाडौँ पुर्‍याउनुपर्ने २० हजार लिटर क्षमताको ट्याङ्करबाट तेल चोरी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images