images
images
  • ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २८१ लकचा कारबाहीमा

    काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २८१ जना सवारी चालकलाई कारबाही गरेको छ।

    कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक कसुरअन्तर्गत ७८६ जना चालक कारबाहीमा परेका छन्। यस्तै, तीव्र गतिमा सवारी चलाउने १४३ जना, रातो बत्ती उल्लङ्घन गर्ने ६८ जना, सिसीटिभी निगरानीबाट ८५ जना तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५ जना चालकलाई कारबाही गरिएको छ।

    त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ४१ जना, अवस्था ठीक नभएका सवारी सञ्चालन गर्ने ३० जना, एकतर्फी मार्ग उल्लङ्घन गर्ने २२ जना र अनावश्यक रूपमा हर्न प्रयोग गर्ने ४१ जना चालक कारबाहीमा परेका छन्।

    उपत्यकामा बढ्दो सवारी चापका बीच सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले नियमित निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सिसीटिभीमार्फत अनुगमन, सडक जाँच तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो।

    उहाँले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रातो बत्तीको संकेत उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न आग्रह गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images