images
images
  • सेयर बजार २६५० अंकमा झर्‍यो, कारोबार ३ अर्ब ७७ करोडमा सीमित

    काठमाडौं– शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५० अंकमा पुगेको छ ।

    बजार दिनभर राताम्मे रहँदा कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो ।

    अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

    आज ८६ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको घट्यो र ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

    बैंकिङ, फाइनान्स, बीमा, होटल तथा जलविद्युत् समूहमा सामान्य गिरावट देखिएको छ भने उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र व्यापार समूहमा हल्का वृद्धि भएको छ ।

    सबैभन्दा धेरै १ अर्ब ९९ करोड रुपैयाँको कारोबार हाइड्रोपावर समूहमा भयो ।

    कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युत् अगाडि रहे ।

    आत्मनिर्भर लघुवित्तको मूल्य ८.५४ प्रतिशतले बढ्दा अपर लोहोरेखोला ६.९३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images