images
images
  • साउनदेखि ठेक्का प्रक्रिया तीव्र, मिटर अभाव पनि समाधान हुँदै : ऊर्जामन्त्री

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै साउन महिनादेखि नै विकास आयोजनाको ठेक्का प्रक्रिया तीव्र रूपमा अघि बढेको बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री श्रेष्ठले बजेट कार्यान्वयन सुरु भएको करिब २२ दिन मात्रै भएकाले यसको प्रभाव देखिन केही समय लाग्ने बताए । उनले आयोजना कार्यान्वयनलाई पारदर्शी र प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए ।

    उनले सिँचाइका अधिकांश आयोजना प्रदेशको अधिकार क्षेत्रमा परिसकेकाले सशर्त अनुदानमार्फत काम अघि बढाइएको बताए ।

    मन्त्री श्रेष्ठले देशका विभिन्न क्षेत्रमा देखिएको विद्युत् मिटरको अभाव क्रमिक रूपमा समाधान भइरहेको पनि बताए । ट्रान्सफर्मर खरिदमा ढिलाइका कारण केही समस्या देखिए पनि मिटर आपूर्तिमा सुधार भएको र सबै प्रदेशमा आवश्यकता अनुसार वितरण भइरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images