images
images
  • इरान समर्थित हुथी विद्रोहीद्वारा भयानक आक्रमण : ५८ सैनिकको मृत्यु, ४ देशका ११ नागरिक घाइते

    काठमाडौं– इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरेबियामा एकैसाथ ठूला आक्रमण गरेका छन् ।

    यमनमा सरकारी सैन्य शिविरहरूलाई लक्षित गरी गरिएको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ५८ सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

    हुथी प्रवक्ता याह्या साडीले साउदीको सहयोगमा भइरहेको सैन्य गतिविधिको जवाफस्वरूप आक्रमण गरिएको दाबी गरेका छन् ।

    यमनको रक्षा मन्त्रालयले घटनाको निन्दा गर्दै उचित समयमा जवाफ दिइने चेतावनी दिएको छ ।

    यसैबीच, साउदी अरेबियाको नजरान क्षेत्रमा भएको अर्को आक्रमणमा ११ नागरिक घाइते भएका छन् ।

    घाइतेमध्ये साउदी, इजिप्ट, यमनी र पाकिस्तानी नागरिक रहेका छन् ।

    आक्रमणपछि आगलागी भएपछि दमकल र उद्धार टोली परिचालन गरिएको थियो ।

    साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथीहरूले नागरिक क्षेत्रलाई लक्षित गरी अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images