images
images
  • अमेरिकामा रोजगार पाउन मुस्किल, बेरोजगार भत्ता लिनेको संख्या बढ्यो

    वाशिङ्टन डीसी– अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरूको संख्या सामान्य रूपमा बढेको छ ।

    अगष्ट १ मा सकिएको हप्तामा १ लाख ९९ हजार जनाले आवेदन दिएका छन्, जुन अघिल्लो हप्ताभन्दा १ हजार बढी हो ।

    अमेरिकी श्रम मन्त्रालयका अनुसार यो वृद्धि रोजगारी छटनी बढ्न सक्ने संकेतका रूपमा हेरिएको छ ।

    साप्ताहिक बेरोजगारी भत्ता आवेदनलाई अमेरिकी श्रम बजारको वास्तविक–समय सूचक मानिन्छ ।

    यसैबीच, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मुद्रास्फीति अझै लक्ष्यभन्दा माथि रहेकाले आवश्यक परे ब्याजदर थप बढाउन सकिने संकेत दिएको छ ।

    जुन महिनामा अमेरिकी रोजगारदाताहरूले ५७ हजार मात्रै नयाँ रोजगारी सिर्जना गरेका थिए, जसले भर्ती प्रक्रियामा सुस्तता देखाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images