images
images
  • ३ तुलसीपुरमा मोटरसाइकलसहित युवक मृत फेला, दुर्घटनाको आशंका

    काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–१० का २८ वर्षीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका छन्।

    प्रहरीका अनुसार केसीको छिमेकीको घरको भित्तामा ठोक्किएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। बिहीबार बिहान घरबाट दूध वितरण गर्न निस्किएका केसीलाई स्थानीयले लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    घटनास्थलमा पुगेको प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। मृतक केसीको शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images