काठमाडौं– झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार बिहान ४:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध रहनेछ ।
आयोजना प्रमुख दर्शन राय यादवका अनुसार सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने छ ।
प्रसारण प्रणाली सुधार तथा विद्युत् आपूर्तिलाई थप प्रभावकारी बनाउन आवश्यक प्राविधिक काम भइरहेको प्राधिकरणले जनाएको छ ।


विश्व खबर 


















