images
images
  • थाइल्यान्डको विद्यालयमा गोली चल्यो : ४ विद्यार्थीको मृत्यु, १५ घाइते

    काठमाडौं– थाइल्यान्डको राजधानी बैंकक नजिकैको नोन्थाबुरी प्रान्तस्थित देबसिरिन नोन्थाबुरी स्कूलमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ विद्यार्थी घाइते भएका छन् ।

    आन्तरिक उपमन्त्री पोलापी सुवुन्चवीका अनुसार मृत्यु हुनेमा दुई विद्यार्थी र दुई शिक्षक छन् ।

    स्थानीय सञ्चारमाध्यमले बन्दुकधारीलाई किशोर विद्यार्थीका रूपमा पहिचान गरेका छन् ।

    घटनापछि उनको मृत्यु भएको पुष्टि भए पनि प्रहरीले गोली हानेको वा उनले आत्महत्या गरेको भन्नेबारे फरक–फरक रिपोर्ट आएका छन् ।

    प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनालाई अत्यन्त भयानक भन्दै यस्तो घटना कहिल्यै दोहोरिन नहुने बताएका छन् ।

    प्रहरीले घटनामा प्रयोग भएको हाते बन्दुक विद्यार्थीले कसरी प्राप्त गर्‍यो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    गोलीकाण्डपछि विद्यालय आसपासको क्षेत्र तनावग्रस्त बनेको थियो र अभिभावकहरू आफ्ना बालबालिकालाई घर लैजान विद्यालय पुगेका थिए ।

    थाइल्यान्डमा बन्दुक स्वामित्वको दर दक्षिणपूर्वी एसियामै उच्च मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images