images
images
  • उत्तर कोरियाले जापानमा गर्‍यो क्षेप्यास्त्र प्रहार

    काठमाडौं– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

    जापानले पनि सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै निगरानी गरेको बताएको छ ।

    जापानको रक्षा मन्त्रालयका अनुसार प्रक्षेपणबाट जापान आसपासका क्षेत्रमा कुनै प्रत्यक्ष असर परेको छैन ।

    यो घटना उत्तर कोरियाले जापानमाथि सैन्य उपस्थिति विस्तार गरी क्षेत्रीय तनाव बढाएको आरोप लगाएको भोलिपल्ट भएको हो ।

    उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले जापानको बदलिँदो सुरक्षा नीतिका कारण प्योङयाङले थप सैन्य विकल्प विकास गर्ने चेतावनी दिएकी छन् ।

    उता जापानले आफ्नो रक्षा नीति आत्मरक्षामा आधारित रहेको स्पष्ट पारेको छ ।

    विश्लेषकहरूका अनुसार उत्तर कोरिया र रूसबीच आर्थिक तथा सैन्य सहकार्य अझ सुदृढ हुँदै गएको छ ।

    कोरियाली युद्ध शान्ति सन्धिबिना केवल युद्धविराममा टुंगिएकाले उत्तर र दक्षिण कोरिया अझै प्राविधिक रूपमा युद्धकै अवस्थामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images