काठमाडौं– नेपालगञ्जबाट स्कुटरमा सवार भई सुर्खेततर्फ आउँदै गरेका एक युवकको यात्राकै क्रममा बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ निवासी २९ वर्षीय उत्सव जिसीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी वीरेन्द्रनगर नगरपालिका–४ स्थित हर्रे क्षेत्रमा पुग्दा अचानक बेहोस भएका थिए।
स्कुटर चालक घिसिङले तत्काल प्रहरीलाई जानकारी गराएपछि प्रहरीको सहयोगमा जिसीको उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















