images
images
  • १३ अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ६२ करोड

    काठमाडौं– बिहीबार सेयर बजार परिसूचक नेप्से १३.८२ अंकले घटेर २६५४ विन्दुमा झरेको छ ।

    कारोबार अवधिभर बजार ओरालोमै रह्यो ।

    आज ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

    कारोबार रकम भने अघिल्लो दिनको ४ अर्ब ४० करोडबाट बढेर ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

    व्यापार समूहबाहेक सबै समूहका सूचक घटेका छन् ।

    बैंकिङ, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन तथा प्रशोधन लगायतका समूहमा गिरावट देखिएको हो ।

    समूहगत कारोबारमा जलविद्युत् क्षेत्र सबैभन्दा अगाडि रह्यो, जहाँ २ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

    अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले बढ्यो ।

    कालंगा हाइड्रो र सानीगढ हाइड्रो पनि बढेका छन् ।

    विपरीत, स्नो रिभर फल्स, जोशी हाइड्रोपावर र कृषि विकास बैंकको सेयर मूल्य घटेको छ ।

    रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर सबैभन्दा बढी कारोबार भएका कम्पनी रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images