काठमाडौं– सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले अबदेखि कालो चस्मा लगाउन नपाउने बताएका छन् ।
कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले संसद्को मर्यादा र गरिमा कायम गर्न यस्तो व्यवस्था आवश्यक भएको उल्लेख गरे ।
प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ र केही सांसदहरू कालो चस्मा लगाएर संसद्मा उपस्थित हुने गरेका कारण यो नियम सबैलाई लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ ।
कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि नियम लागू गर्न माग गरेकी छन् ।
रास्वपा सचेतक प्रकाशचन्द्र परियारले विषय संसदलाई मर्यादित बनाउने प्रयाससँग सम्बन्धित भएको बताए ।
प्रतिनिधिसभा नियमावलीअनुसार सांसदको पोशाक सभामुखले तोक्न सक्ने व्यवस्था छ र मर्यादित, औपचारिक तथा सांस्कृतिक पहिचान झल्किने भेषभूषामा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।


विश्व खबर 


















