images
images
  • सी–ट्रम्प भेटअघि नै चीन–अमेरिका तनाव, बेइजिङद्वारा नयाँ प्रतिबन्ध

    बेइजिङ– चीनले अमेरिका र केही अमेरिकी कम्पनीविरुद्ध नयाँ प्रतिबन्ध तथा निर्यात नियन्त्रणका उपायहरू घोषणा गरेको छ ।

    चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार बायोटेक र प्राकृतिक स्रोत विश्लेषणसँग सम्बन्धित अमेरिकी कम्पनीहरूलाई ‘काउन्टरमेजर्स सूची’मा राखिएको छ, जसका कारण चिनियाँ संस्था र कम्पनीहरूले उनीहरूसँग व्यापार वा लगानी गर्न पाउने छैनन् ।

    यो कदम अमेरिकी प्रशासनले ४३ चिनियाँ कम्पनीबाट हुने आयातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रतिकारस्वरूप चालिएको चीनको दाबी छ ।

    साथै, चीनले ड्रोन, ड्रोनका पुर्जा र सम्बन्धित प्रविधिको निर्यात नियन्त्रण पनि थप कडा बनाएको छ ।

    नयाँ प्रतिबन्धहरू चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना अमेरिकामा हुने अपेक्षित शिखर भेटअघि सार्वजनिक भएका हुन् ।

    चीनले अमेरिकालाई आफ्ना प्रतिबन्ध फिर्ता लिन आग्रह गर्दै सम्बन्धलाई स्थिर र रचनात्मक बनाउन आह्वान गरेको छ, तर प्रतिबन्ध जारी रहे थप प्रतिकारात्मक कदम चाल्ने चेतावनी पनि दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images