images
images
  • ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु, ६ जना घाइते

    काठमाडौं– ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्को फ्लाइओभरमा ठोक्किएर दुर्घटनामा परेको हो।

    दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

    घाइते ६ जनालाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको एसपी मिश्रले जानकारी दिए।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images