images
images
  • चन्द्रागिरि साकोसलाई ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’

    काठमाडौं– चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस)लाई ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्रदान गरिएको छ ।

    अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद्को साधारणसभाका अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।

    डिजिटल प्रविधिको प्रभावकारी प्रयोग गर्दै सदस्यलाई सहज, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराएको तथा संस्थागत सञ्चालनलाई प्रविधिमैत्री बनाएको योगदानको कदर गर्दै चन्द्रागिरि साकोसलाई सम्मान गरिएको परिषदले जनाएको छ ।

    नेपालका तर्फबाट चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले अवार्ड ग्रहण गरेका थिए ।

    कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको पनि सहभागिता रहेको थियो ।

    अवार्ड प्राप्तिबारे जानकारी दिन चन्द्रागिरि साकोसले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रममा सहकारी क्षेत्रमा प्रविधिमैत्री रूपान्तरणको आवश्यकता र सकारात्मक सन्देश प्रवाहमा यस्ता सम्मानको महत्त्व रहेको वक्ताहरूले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images