काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार फेरबदलको सत्ता गणितमा सहभागी नहुने निर्णय गरेको छ ।
बुधबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा कुनै पनि प्रदेश सरकारको गणितीय चलखेलमा सामेल नहुने स्पष्ट पारे ।
उनका अनुसार राप्रपाको धारणा कांग्रेस, एमाले र अन्य कम्युनिस्ट दलहरूले मिलेर प्रदेश सरकार गठन गर्नुपर्छ भन्ने हो ।
आवश्यक परे उपयुक्त समयमा उपयुक्त निर्णय लिन अध्यक्षलाई अधिकार दिइएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















