images
images
  • इरान–अमेरिका वार्ता सकारात्मक, होर्मुज छिट्टै खुल्ने सम्भावना

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।

    फक्स न्युजसँगको अन्तर्वार्तामा उनले मंगलबार दिनभर दुवै पक्षबीच राम्रो छलफल भएको दाबी गर्दै पाँच महिनादेखि जारी तनाव अन्त्यतर्फ जान सक्ने संकेत दिए ।

    ट्रम्पले लामो समयदेखि अवरुद्ध रहेको स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने विश्वास व्यक्त गरेका छन् ।

    तर इरान फेरि सम्झौताबाट पछि हटे ठूलो परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन् ।

    अमेरिका–इरानबीच सम्भावित सहमतिका खबरसँगै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

    एसियाली सेयर बजार बढेका छन् भने कच्चा तेलको मूल्य घटेको छ ।

    समाचार संस्था एक्सियोसका अनुसार अमेरिका र इरान ओमानको मध्यस्थतामा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने अन्तरिम समझदारी नजिक पुगेका छन् ।

    इरानले पनि ओमानसँग सुरक्षित समुद्री मार्गबारे भइरहेको वार्ता सकारात्मक रहेको जनाएको छ ।

    स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ, जहाँबाट विश्वको करिब पाँच भागमध्ये एक भाग तेल तथा एलएनजी ढुवानी हुने गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images