images
images
  • कांग्रेसी गभर्नरलाई वाईपास गर्दै निर्देशकसँग अर्थमन्त्रीको छलफल

    काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अन्तरसंस्थागत समन्वय बैठक गर्दै मौद्रिक नीतिमा स्पष्टता, छिटो निर्णय र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।

    कांग्रेस पृष्ठभूमि र कांग्रेसकै कोटाबाट गभर्नर बनेका डा.विश्व पौडेलसँग सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    अर्थमन्त्रीले निजी क्षेत्रले सुविधा मात्र होइन, स्थिर नीति, विश्वसनीय कार्यान्वयन र छरितो निर्णयको अपेक्षा गरेको बताए ।

    उनले राष्ट्र बैंकलाई समस्या व्यवस्थापन गर्ने होइन, समाधान गर्ने नियामक बन्नुपर्ने टिप्पणी गरे ।

    बैठकमा उत्पादनमुखी क्षेत्रमा कर्जा विस्तार, अधिक तरलतालाई उद्योग र रोजगारीमा रूपान्तरण, पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध सुदृढ गर्ने, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण तथा मौद्रिक–वित्तीय नीतिबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो ।

    अर्थमन्त्री वाग्लेले आवश्यक परे सरकार र राष्ट्र बैंकबीच संयुक्त कार्यदल गठन गरी नीतिगत समन्वयलाई संस्थागत गर्ने संकेत समेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images