काठमाडौं– सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्यावलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्टलिस्टमा परेका आठ प्रतिस्पर्धीमध्येबाट उक्यावलाई चयन गरेको हो ।
विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ उक्याव यसअघि युएनडिपीको प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्यरत थिइन् ।
उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट पब्लिक पोलिसी र अमेरिकाको मिसौरी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
उक्यावले यसअघि लगानी बोर्डमै आर्थिक तथा वित्तीय विश्लेषक इकाईको नेतृत्वसमेत सम्हालेकी थिइन् ।
प्रतिस्पर्धामा सुमन सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, भक्तबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल पनि रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















