काठमाडौं– गलत उजुरीका आधारमा देवेनारा ग्रुपका सञ्चालक प्रकाश मुन्दडाको घरमा मोरङ प्रहरीले दलबलसहित छापा मारेको घटनाप्रति कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले माफी मागेका छन् ।
मंगलबार उद्योगी–व्यवसायीसँगको छलफलमा उनले अत्यधिक प्रहरी फौज परिचालन भएको विषयमा स्पष्टीकरण माग्ने बताएका हुन् ।
सोमबार एसपी कवित कटुवाल नेतृत्वको टोलीले विराटनगर–७ गोल्छाचोकस्थित मुन्दडा निवासमा करिब पाँच घण्टा छापा मारे पनि केही फेला परेको थिएन ।
घटनापछि उद्योगीहरूले विनाआधार छापा मारेर निजी क्षेत्रलाई त्रसित बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले मोरङ प्रहरी प्रमुखसँग २४ घण्टाभित्र घटनाबारे लिखित स्पष्टीकरण मागेको छ ।
प्रहरीका अनुसार कारबाहीका लागि नभई घटना किन र कसरी भयो भन्ने थप बुझ्न जानकारी मागिएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















