images
images
  • चौधरी ग्रुपको दबाबले युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ नारायण भट्टराईद्वारा राजीनामा

    काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

    उनले सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए, जसलाई सोमबार बसेको बैठकले स्वीकृत गरेको कम्पनी स्रोतले जनाएको छ ।

    चौधरी ग्रुपको अनावश्यक दबाबका कारण भट्टराईले पद छाडेको बताइएको छ ।

    उनी २०८३ वैशाख १० गते सीईओमा नियुक्त भएका थिए ।

    छोटो समयमै उनले पदबाट बाहिरिनु परेको हो ।

    यसअघि भट्टराई गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओसमेत हुन् ।

    पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरूमा सीईओहरूको छिटो परिवर्तन भइरहँदा व्यवस्थापन अस्थिर बन्न थालेको भन्दै कर्मचारी वृत्तमा चिन्ता बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images