images
images
  • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ ।

    अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ८०० थियो ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images