images
images
  • ट्रम्प सरिक हुने कार्यक्रमस्थलमा हतियारधारी, प्रहरीले लियो नियन्त्रणमा

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रस्थित आफ्नै गल्फ कोर्समा आयोजित चन्दा सङ्कलन कार्यक्रममा पुग्नुअघि त्यहाँ नजिकै हतियारसहित एक सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् ।

    लस एन्जलस प्रहरीले ३८ वर्षीय जनीन जोन टीएललाई आइतबार नियन्त्रणमा लिएको हो ।

    उनी गल्फ कोर्स वरपर घुम्दै फोटो तथा भिडिओ खिचिरहेको र सुरक्षा गतिविधि निगरानी गरिरहेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

    उनको साथबाट पेस्तोल, अवैध होलो–पोइन्ट गोली, उच्च क्षमताको म्याग्जीन तथा अन्य हतियारसम्बन्धी सामग्री बरामद भएको बताइएको छ ।

    पछि घरमा गरिएको खानतलासीमा परिमार्जित एआर राइफल, अर्को पेस्तोल, बुलेटप्रुफ ज्याकेट, थप गोली र नोटबुकसमेत फेला परेको अधिकारीहरूले बताएका छन् ।

    एफबीआई र यूएस सीक्रेट सर्भिसको सहयोगमा अनुसन्धान जारी छ ।

    हालसम्म ट्रम्पलाई लक्षित गर्ने स्पष्ट योजना पुष्टि नभएको र सन्दिग्धमाथि ट्रम्पलाई हानि पुर्‍याउने अभियोग भने लगाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images