images
images
  • सेयर बजारमा पहिरो, सबै सर्किट राताम्य

    काठमाडौं– मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३ विन्दुमा पुगेको छ ।

    अघिल्लो दिन पनि बजार १.२० अंकले घटेको थियो ।

    आज कुल ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ४ अर्ब ५७ करोडभन्दा कम हो ।

    कारोबारमा ५८ कम्पनीको मूल्य बढ्दा २१४ कम्पनी घटेका छन् भने ५ कम्पनी स्थिर रहे ।

    सबै समूहगत सूचक रातो देखिएका छन् ।

    उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहमा १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

    एभरेस्ट कलरको सेयर मूल्य भने लगातार बढ्दै आज पनि १५ प्रतिशतले उक्लिएर प्रतिकित्ता १,७३१ रुपैयाँ पुगेको छ ।

    खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र महिला लघुवित्त पनि बढ्ने कम्पनीमा परेका छन् ।

    रकमका आधारमा खानीखोला हाइड्रोपावर, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावरमा सबैभन्दा बढी कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images