images
images
  • २० वाणिज्य बैंकका सीईओसँग छलफलमा छन् अर्थमन्त्री

    काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (साउन १९) २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन् ।

    बजेटमा घोषणा भएका आर्थिक सुधार कार्यक्रमको कार्यान्वयनमा बैंकहरूको भूमिका तथा बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनीहरूलाई मन्त्रालयमा बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

    दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा वर्गीकृत २० वाणिज्य बैंकका सीईओ सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images