images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।

    यो अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले घटेको हो ।

    सोमबार सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो ।

    चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

    सोमबार चाँदी ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६२ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images