images
images
  • एनएमबी बैंकको नाफा ४ अर्ब नाघ्यो, वितरणयोग्य नाफा १ अर्ब ७५ करोड

    काठमाडौं– एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.६० प्रतिशत बढी हो।

    अपरिष्कृत वित्तीय विवरणअनुसार नियामकीय समायोजनपछि साधारण सेयरधनीका लागि उपलब्ध वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। फि तथा कमिसन आम्दानी पनि वृद्धि भएको छ। सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    निक्षेप ३ खर्ब १५ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि बढेर ३ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको छ।

    यद्यपि बैंकको निष्कृय कर्जा अनुपात ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। तर सम्भावित कर्जा नोक्सानी व्यवस्था ९२.५७ प्रतिशत रहेकाले जोखिम व्यवस्थापन अपेक्षाकृत सुदृढ देखिएको छ।

    समग्रमा, एनएमबी बैंकले नाफा, सञ्चालन आम्दानी, निक्षेप, कर्जा र सम्पत्तिमा उल्लेखनीय सुधार गर्दै बलियो वित्तीय प्रदर्शन गरेको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images