इलाम– इलामको माईजोगमाई गाउँपालिका–२ मा हृदयविदारक घटना भएको छ।
विद्यालयबाट घर फर्कने क्रममा बजुर खोलाले बगाउँदा ११ वर्षीय आहान खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
छोराको मृत्युको खबर पाएपछि उनकी आमा ३५र३६ वर्षीया अमृता लेप्चा खत्री आफ्नै घर नजिकै निवराको रुखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
गुल्मी स्थायी घर भई विगत ८र९ वर्षदेखि माइतीघर माईजोगमाईमा बस्दै आएका उनीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















